बुटवल -विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख ४७ हजार तीन सय ८८ नाघेको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार आठ सय पाँच जना नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय ४६ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुुनेको संख्या पाँच लाख ८० हजार दुुई सय ८४ पुुगेको छ । हालसम्म ७८ लाख ४१ हजार चार सय ७६ जना कोरोना मुक्त भएका छन् । ५० लाख २५ हजार छ सय ३० उपचाररत छन् । ती मध्ये ५९ हजार पाँच सय ७४ जनाको अवस्था गम्भीर छ ।
६५ हजार पाँच सय ९३ नयाँ संक्रमित थपिएसँगै हालसम्म अमेरिकामा ३५ लाख ४५ हजार ७६ जनामा संक्रमण देखिएको छ । कोरोनाबाट प्रभावित हुने मुलुकको पहिलो नम्बरमा रहेको अमेरिकामा एक लाख ३९ हजार एक सय ४३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ सय ३५ जनाको मृत्यु भएको वल्डो मिटरले जनाएको छ ।
ब्रजिल कोरोनाबाट प्रभावित हुने मुलुकको दोस्रो स्थानमा छ । त्यहाँ ४३ हजार दुुई सय ४५ नयाँ संक्रमित थपिएपछि १९ लाख ३१ हजार दुुई सय चार जनामा संक्रमण पुष्टि भइसकेको छ । ७४ हजार दुुई सय ६२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्रजिलमा एक हजार तीन सय ३१ जनाको मृत्यु भएको थियो ।
भारतमा हालसम्म नौ लाख ३७ हजार चार सय ८४ जनामा संक्रमण भइसकेको छ । २९ हजार आठ सय ४२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय पाँच सय ८८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या २४ हजार तीन सय १५ पुुगेको छ ।
रसियामा छ हजार दुुई सय ४८ नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या सात लाख ३९ हजार नौ सय ४७ पुुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार छ सय १४ पुुगेको छ । पछिल्लो २४ घण्टामा रसियामा कोरोनाका कारण एक सय ७५ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्