काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए ।
छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।
स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ । सहमतिका लागि भनेर पटक पटक स्थगित बैठक शुक्रवारका लागि तय भएको छ ।
त्यो बैठकअघि नै मुख्य नेताहरुबीच समझदारी कायम गर्न बालुवाटारमा निर्णायक छलफल भएको हो ।
प्रचण्ड र माधव नेपाल पक्षले ओलीको राजीनामा मागेको छ । ओलीले भने दुबै पद पछाड्ने अडान लिएका छन् ।
प्रकाशित मिति : बिहिबार, साउन १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्