काठमाण्डौ – भारतमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अब भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या नौ लाख ६८ हजार आठ सय ७६ पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ हजार नौ सय १५ पुगेको छ ।
न्यूज एजेन्सी एएनआईको खबरअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ६ सय ६ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म ६ लाखभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्