पोखरा- गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँ र नवलपुरमा गरी २५ नयाँ संक्रमित थपिएका हुन् ।
निर्देशनालयका अनुसार तनहुँमा ७ जना र नवलपुरमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिनेमा पाँच महिला र २० पुरुष छन् ।
तनहुँको म्याग्दे र भानु नगरपालिकामा २–२ जना र ब्यास नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेका छन् ।
नवलपुरका गैडाकोटमा १३ पुरुष र ५ महिला रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्