नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

काठमाडौं- बाढी–पहिरो पीडितको उद्दारका लागि खट्न भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको छ ।

सरकारलाई पनि राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै साउन १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए ।

मंगलबार बिहान ११ बजेको लागि तय भएको बैठक २ घण्टा स्थगित गरी सुरू भए पनि केहीबेरमै स्थगित भयो ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको फोन संवादपछि बैठक सारिएको बताइएको थियो । बैठक सुरू भएता पनि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भने थिएनन् ।

सहमति खोज्न स्थायी समिति बैठक पटक–पटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij