सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ

सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ

बुटवल – सामाजिक विकास मन्त्रालयले  प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन  हेल्पलाईन सेवा संचालन गरेको छ ।  प्राकृतीक तथा गैर प्राकृतिक प्रकोपको क्षती न्यूनिकरण गर्दे नागरिकको जिउधनको संरक्षण गर्न निशुल्क हेल्पलाईन सेवा संचालन गरेको हो ।
सेवाको मंगलवार सामाजिक विकास मन्त्री माननीय सुदर्शन वरालले शुभारम्भ  गर्नुहुदै हेल्पलाईन सेवाले  आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने बताउनु भयो । उहांले प्रदेशमा कोभिड –१९ को प्रभाव न्यूनिकरण हुदै गएको बताउनुहुदै परिक्षण समुदाय स्तरमा पु¥याईएको बताउनु भयो ।  हेल्पलाईन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुहुदै उहाले छिटो रेस्पोन्स गर्ने मेकानिजम तयार गर्न निर्देशन दिनुभयो ।
मन्त्रालय र स्वास्थ्यको लागि सक्षम प्रणाली आयोजना सहकार्यमा सुरु गरिएको हेल्पलाईनमा  कोभिड १९ सम्वन्धी जानकारी तथा परामर्स सेवा दिईने  अनिल भट्टराईले जानकारी दिनुभयो ।  हेल्पलाईन सेवा विहान ७ वजे देखी साझ ७ वजे सम्म दिनको १२ घण्टा संचालन हुने छ । राती ७ वजेदेखि विहान ७ वजे सम्म फोन कललाई  रेकर्ड गर्ने संयन्त्रको व्यवस्था मिलाईएको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले जानकारी दिनु भयो ।   कोभिड १९ सम्वन्धी परामर्स लगायत अन्य स्वास्थ्य आपतकालिन सेवाको लागि ११८७ वा १६६०७१५२१३० मा फोन सम्पर्क गर्न सक्नुहुन्छ । हेल्पलाईन सेवा अन्तर्गत प्रदेश भित्र  वुल्क एसएमएस सर्भिस र आपतकालिन  उद्धारको लागि  जिपिएस लोकेशन टेकिङ प्रणालीको लागि आवश्यक प्रकृया अघि वढाईएको  र यथाशिघ्र सेवा संचालनमा ल्याईन मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij