मापदण्ड अनुरुपको क्वारेन्टाइन व्यवस्थापन गर्न माग
बुटवल-नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले कोभिड १९ को महामारीबाट मुलुक मुक्त नभइसकेको अवस्थामा तिलोत्तमा नगरपालिकाले क्वारेन्टाइनहरु बन्द गर्ने निर्णय गरेको भन्दै त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अहिले पनि भारत तथा तेश्रो मुलुकमा थुप्रै नेपालीहरु रहेको र लकडाउन खुकुलो भएसंगै उनीहरु स्वदेश फकर्न सक्ने भएकाले मापदण्ड अनुरुपको क्वरेन्टाइन व्यवस्थापन गर्नु पर्ने माग काँग्रेस तिलोत्तमा नगर समितिले गरेको छ । नगर सभापती हरीलाल पाण्डेद्धारा जारी बिज्ञप्तीमा यसअघि विपत व्यवस्थापन केन्द्र (सिएमसि) तिलोत्तमाको बैठकमा काँग्रेसले विदेशबाट फर्कीनेको संख्या कायमै रहेकाले तत्काल क्वारेन्टाइन बन्द गर्नु उचित नहुँने स्पष्ट धारणा राखेको स्मरण गराउदै एकलौटी ढंगले गरीएको अव्यवहारिक निर्णय मान्य नहुने उल्लेख छ ।
बहालमा बस्ने वा होम क्वारेन्टाइनमा बस्न सम्भव नभएका तथा आर्थिक स्थिति कमजोर भएका नागरिकहरुकालागि क्वारेन्टाइन बन्द गर्ने नगरपालिकाको सो निर्णय न्यायोचित र व्यवहारिक नरहेको बिज्ञप्तीमा जनाइएको छ । भारत तथा तेश्रो मुलुकबाट फर्केकालाइ सिधै घरमा पठाउँदा समाजमा त्रास पैदा भइ सामाजिक द्धन्द्ध निम्तन सक्ने प्रति पनि सचेत र संवेदनसिल बन्न काँग्रेस तिलोत्तमा नगर समितिले नगरपालिकालाइ आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्