सैनामैना ।
मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मुत्यु हुनेमा पैदलयात्री सैनामैना वडा न.५ बुद्ध नगर बस्ने वर्ष ७५का बृद्ध हरि लम्साल रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।
आज दिउँसो ४ः३० बजे पु्र्व –पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.५ बुद्धनगरमा पुर्व बाट पश्चिम जादैँ गरेको लु ५२ प ४१५२ नम्बरको मोटरसाइकलले पैदलयात्री लम्साललाई ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।
यस्तै दुर्घटनामा परि घाइते भएका मोटरसाइकल सवार बुटवल उपमहानगरपालिका वडा न.१२ नयाँ गाउँ बस्ने वर्ष ५० कि चमेली थारु, सैनामैना वडा न.११ ठुलोचौर बस्ने वर्ष ४५का मोटरसाइलक चालक पञ्चराम थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सालझण्डी प्रहरीले जनाएको छ । मोटरसाइकलमा बच्चा सहित ३ जना सवार थिए ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्