सभापति शाहद्धारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त

सभापति शाहद्धारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त

बुटवल

सार्बजनिक लेखा समिती सभापति भरत कुमार शाह ले मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
शुभकामना व्यक्त गर्दै सभापति शाह ले मुस्लिम समुदायको महान् पर्व बकर इद् ईद उल अजहा का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
‘नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो । विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो ।’
सभापति शाह ले सन्देश व्यक्त गर्दै नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट भएको भन्दै समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताउनुभएको छ।
पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको जिकिर गर्दै सभापति शाले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेका स्मरण समेत गर्नुभएको छ ।
उहाले सन्देशमा भनेका छन्, ‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो । यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ।

 

प्रकाशित मिति : शनिबार, साउन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij