JanataToday.com

Advertisment

SKIP THIS

लायन्स र लियो क्लबको आयोजनामा मानव सेवा आश्रममा भोजन तथा खाद्यान्न हस्तान्तरण

लायन्स र लियो क्लबको आयोजनामा मानव सेवा आश्रममा भोजन तथा खाद्यान्न हस्तान्तरण

बुटवल –लायन्स क्लब अफ बटौली तथा लियो क्लब अफ बटौलीको संयुक्त आयोजनामा आज मानव सेवा आश्रम सुख्खानगरमा पुर्ण भोजन तथा खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । श्रावण महिनामा जन्मदिन परेका ११ जना लायन साथिहरुको सहयोगमा आज आश्रमका ६० जना बुवाआमाहरुलाई खाना खुवाउने तथा आश्रमलाई ४ बोरा चामल आश्रमका अभियान्ता सरु अधिकारीलाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ बटौलीका अध्यक्ष बासुदेव शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट कोअडिनेटर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले क्लबको उज्ज्वल भबिष्यको कामना गर्दै सेवाका हातहरु यसरी नै अगाडी बढाइरहनको लागि अनुरोध गर्नुभयो। सो अवसरमा कार्यक्रममा अध्यक्ष बासुदेव शर्माले बोल्दै हामी सेवा गर्छौं भन्ने मुलभावलाई अङ्गालदै सेवाका हात अगाडी बढाउन पाएकोमा मानव सेवा आश्रमप्रती सधन्यवाद ज्ञापन गर्दै श्रावण महिनामा जन्मदिन परेका संस्थापक अध्यक्ष बिनित भट्टराई, अध्यक्ष बाशुदेव शर्मा, सह-कोषाध्यक्ष प्रेम नारायण घिमिरे, निर्देशक युबराज घिमिरे र लियो क्लब अफ बटौलिका संस्थापक अध्यक्ष लियो राजन थापा, प्रथम उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, तृतीय उपाध्यक्ष लियो कमल सुमारे, सन्देश बस्याल, पुरन बिष्ट, पुस्पा खनाल र पेमि सुस्मिता मगरलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि लगायत उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको स्वागत मन्तव्य लियो क्लब अफ बटौलीका अध्यक्ष लियो माधव पराजुली तथा सन्चालन प्रथम उपाध्यक्ष लायन लोक प्रसाद भण्डारी ‘राजु’ले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij