काठमाडौ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरुले प्रधानमन्त्री निवास बालुवाटारमा आज आपसी तिक्तता र गुनासा साटासाट गरेका छन् । पार्टीभित्र विवाद बढ्दै गएपछि आज पार्टीका दुई अध्यक्षले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वासमा मन माझामाझ गरेका हुन् ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच करिब तीन घण्टा छलफल भएको बताए । दुई अध्यक्षको भेटमा ठोस निर्णय केही नभए पनि आपसी तिक्तता, गुनासा र पार्टीभित्र देखिएका अन्तरसंघर्षका विषयमा मन माझामाझ भएको खनालले बताए । खनालका अनुसार छलफलमा दुवै अध्यक्ष विगतभन्दा लचक देखिएको र सकारात्मक छलफलको सुरुवात भएको छ ।
दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको खनालको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष दाहालबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन ।
पार्टीको विवाद उत्कर्षमा आएपछि दुई अध्यक्षबीच दुरी बढेको थियो । दुई अध्यक्षबीचको दुरी क मगर्न महासचिव विष्णु पौडेलले सहजीकरण गरेका थिए । यसअघि ओलीको सन्देश लिएर महासचिव पौडेल दाहाल निवास खुमलटार पुगेका थिए ।
पार्टीभित्रको विवाद साम्य नभएपछि गएको १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भएको छ ।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्