काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ भन्नेबारेमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न क्षेत्रका विज्ञ तथा राजनीतिक दलका नेताहरु सहभागी छन् ।
पछिल्लो समय मुलुकमा कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा छलफलले राय संकलन गर्ने छ ।
छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाुकर, कोरोना रोकथाम समितिका पदाधिकारी र सदस्यहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन् ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्