काठमाडौं।
कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि थप बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कम्तीमा पनि दुई साता लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुले सुझाव दिएका हुन् ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले सुझाव लिने मात्रै नभई काम पनि गर्नुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताइएको छ ।
बैठकमा हालकै अवस्थामा अगाडि बढ्दा कोरोना संक्रमण थप भयावह हुनसक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका थिए । कम्तिमा पनि २ साता लकडाउन घोषणा गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नै उचित हुने सुझाव विज्ञहरुको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विज्ञहरुले दुई साता लकडाउन गर्न दिएको सुझावलाई सकारात्मक रुपमा लिनुभएको बताइएको छ । प्रधानमन्त्री ओलीले यस विषयमा थप छलफल गरेर आफू टुंगोमा पुग्ने जानकारी बैठकलाई गराउनु भएको थियो ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्