खसौली लायन्स द्वारा रिपोर्टिङ तालिम

खसौली लायन्स द्वारा रिपोर्टिङ तालिम

 बुटवल -लायन्स क्लब अफ बुटवल खसौलिको आयोजनमा ” लायन्स-लियो अन्तरास्ट्रिय एवं जिल्ला परिषद रिपोर्टिङ” तालिम सम्पन्न गरेको छ। बुटवलमा भएको एक कार्यक्रममा ६ लायन्स क्लब एवं ९ लियो क्लबहरुका अध्यक्ष , सचिब , सह सचिब, कोसादक्ष्यहरुको उपस्थिती रहेको थियो। क्लबले सामाजिक रुपमा गर्दै आएको कार्यक्रमहरुको रिपोर्टिङ हुन जरुरी रहेको र, रिपोर्टिङ भएपछि मात्र क्लबको मुल्यांकन जिल्ला परिषद एवं अन्तरास्ट्रिय स्तरबाट हुनेहुनाले क्लबले रिपोर्टिङ अनिवार्य रुपमा गर्नुपर्नेकुरा अध्यक्ष राजु पौडेलले बताउनुभएको थियो। उक्त कार्यक्रममा जिल्ला परिषद जि यल टि को-अर्डिनेटर लायन उमंग देबकोटाको प्रमुख आतिथ्यता रहेको थियो। जि यल टि कार्यक्रम अन्तर्गतमा रहेर खसौली लायन्सले कार्यक्रम गरेकोमा जि यल टि को-अर्डिनेटर उमंग देबकोटाले धन्यवाद एव सुभकामना ब्यक्त गर्नुभएको थियो साथै जिल्ला परिषदमा नै जि यल टि अन्तरगत पहिलो कार्यक्रम रहेको बताउनु भएको थियो। कार्यक्रममा जोन चेयर पर्सन लायन बिनित भट्टराई, जाकिर हुसैन लियो पुर्व जिल्ला अध्यक्ष सरोज कंडेल, क्लब संस्थापक अध्यक्ष लायन मुक्ती प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो। कार्यक्रम संयोजक लियो लायन रमेश अर्यालको स्वागत रहेको उक्त कार्यक्रमको संचालन सचिब सुदिप बेलवासेले गरेका थिए।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij