काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चित गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
उहाँले आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनुभएको हो ।
२६औं विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान र प्रचलित कानुनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीपको उत्थान र विकास गरी समृद्ध नेपाल बनाउर्ने नीति राज्यले लिएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य तय भएकामा महामारीपछि नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक रुपमा देखिएको चुनौती सामना गर्न सरकार तयार रहेको बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्