रूपन्देहीका १० सहित प्रदेश ५ मा आइतबार ८४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

रूपन्देहीका १० सहित प्रदेश ५ मा आइतबार ८४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

बुटवल
प्रदेश ५ मा आइतबार थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश मा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय ५ पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसीआर परिक्षणका क्रममा रूपन्देही जिल्लाका १० सहित जम्मा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका १० जना, कपिलवस्तुका १७ जना र बाँकेका जिल्लाका ४६ जना, दाङका ८ जना र पाल्पाका १ जना गरि जम्मा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ भने ४ हजार १ सय ४२ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएको प्रदेश सामाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए ।

हाल प्रदेशभर ३ सय ८५ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको र १ हजार ६ सय ९७ जना क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश ५ मा पिसीआर परिक्षणका लागि ६२ हजार ९ सय ५१ थ्रोट स्वाब संकलन गरिएकोमा ६१ हजार ५ सय ९५ थ्रोट स्वाब परिक्षण भइसकेको र अझै १ हजार ३ सय ५६ थ्रोट स्वाब परिक्षण गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशाशक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij