काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय सीमा–नाका ३१ भदौगतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले ३१ भदौसम्म सीमा–नाका बन्द गर्ने निर्णय बताए ।
यसअघि ३२ साउनका लागि सीमा नाका बन्द गरिएको थियो ।
यसैगरी सरकारले सीमा नाकाबाट प्रवेश गर्न तोकेको प्रवेश विन्दु पनि घटाएको छ । यसअघि २० वटा नाकाबाट प्रवेश गर्ना पाएकाे भए पनि अब १० वटा नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइने भएकाे छ ।
मन्त्री खतिवडाले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल प्रवेश गर्न पाइने जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्