काठमाडौं –नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २५ हजार नाघेको छ ।
आज थप ५९४ जना नयाँ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमण हुनेको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएको छ ।
विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ५७५ परीक्षणमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ । कुल संक्रमितमध्ये ६६.८ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप २४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
शुक्रबार थप चार जनाकाे ज्यान गएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९९ पुगेकाे छ ।
कोरोनाबाट प्रदेश एकमा ९ पुरुषको मृत्यु भएको छ भने प्रदेश २ मा ३१ पुरुष र ११ महिला गरी ४२ जनाको ज्यान गएको छ ।
यस्तै वागमतीमा १३ पुरुष र ५ महिला गरी १८ जनाको ज्यान गएको छ भने गण्डकीमा ६ पुरुषको मृत्यु भएको छ । प्रदेश ५ मा ३ पुरुष र ९ महिला गरी १२ जनाको ज्यान गएको छ भने कर्णालीमा ४ पुरुषको मृत्यु भएको छ । सुदूरपश्चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुने ९९ मध्ये पुरुषको संख्या ७७ छ भने महिलाको संख्या २२ छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्