थप ५८१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २७ हजार नाघ्यो

थप ५८१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौं-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या २७ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप ५८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा ११ हजार ५२० जनाकाे परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । कुल संक्रमितमध्ये ६४.२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १६० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij