रोहिणी गाउँपालिकाद्धारा समुदाय स्तरिय पिसिआर परिक्षण सुरु

रोहिणी गाउँपालिकाद्धारा समुदाय स्तरिय पिसिआर परिक्षण सुरु

भैरहवा ।
बढ्दो कोभिड–१९ संक्रमणलाई हेरेर रोहिणी गाउँपालिकाले आफ्नो गाउँपालिकामा समुदाय स्तरिय पिसिआर परिक्षण सुरु गरेको छ । सोमबारबाट सुरु भएको परिक्षणको पहिलो चरणमा गाउँपालिका अन्र्तगत वडा कार्यालयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मि, बजार क्षेत्रका पसल सञ्चालन गर्ने ब्यक्ति, बैंकका कर्मचारी लगायत गरि १ सय ५ जनाको स्वाब संकलन गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरीले जनाउनुभयो। स्थानिय रामनरेश यादव आदर्श माध्यमिक बिद्यालयमा स्वाब संकलन गरिएको थियो ।रोहिणी गाउँपालिकाको पूर्वमा रहेको रामग्राम नगरपालिका र पश्चिममा रहेको सिद्धार्थनगर नगर पालिका तथा छिमेकी मुलुक भारतमा समेत कोभिड–१९ को संक्रमितहरुको संख्या बढ्दै गई रहेकोले रोहिणी गाउँपालिकामा परिक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जनाउन ुभयो। उनले गाउँपालिका अन्र्तगतका कर्मचारी मात्र हैन जोखिममा रहेका सर्वसाधारणहरु पनि आवश्यकता अनुसार परिक्षण गर्न सक्ने सुविधा रहेको बताउनुभयो ।भारतीय सीमामा रहेकोले रोहिणी गाउँपालिका पनि उच्च जोखिममा रहेको बताउदै यादवले जोखिममा रहेका नागरिकको पहिचानको लागी पनि परिक्षण अपरिहार्य रहेको बताउनुभयो । उहाले पहिलो दिन बजार केन्द्रित रहे पनि आगामी दिनमा गाउँपालिका अन्र्तगतका ग्रामीण क्षेत्रका बासीन्दालाई लक्षित गरि परिक्षण गरिने बताउनुभयो । यसका साथै गाउँपालिकामा रहेका बैंक तथा अन्य बित्तिय संघ संस्थाका कर्मचारी, बढी भिडभाड हुने पसलका सञ्चालकहरुको पिसिआर परिक्षण गरिने दावी गर्नुभयो।
“हामी आफ्नो आफ्नो नागरिकको स्वास्थ्य प्रति संवेदनशिल छौं, आवश्यकता महशु गर्ने गाउँपालिकाका जो सुकै स्थानियले स्वाब परिक्षण गराउन सक्छ ।” यादवले भन्नुभयो “अहिले गाउँपालिकाको प्राथमिकता बिकास भन्दा पनि स्थानियहरुको स्वास्थ्यमा रहेको छ ।”परिक्षणको लागी आवश्यक पर्ने भिटिएम किट गाउँपालिकाले नै खरिद गरेर पिसिआर परिक्षण गरि रहेको छ । परिक्षण कार्य भोली मंगलबार र आवश्यकता अनुसार अन्य दिन पनि सञ्चालन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij