सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा औषधी नष्ट

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा औषधी नष्ट

कृष्णनगर-कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बाट वेवारिसे अवस्थामा मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे. क्वा.बाट खडा गरिएको अस्थायी पोष्ट लक्ष्मीनगर बाट सशस्त्र प्रहरी सहायक निरिक्षक भक्त वीर चौधरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी वेवारिसे अवस्थामा बरामद गरेको थियो ।
(Hemolab )३ बोतल, (Biogesic-Ap) १८ पिस, (Sorexin) १५ पिस, (Monocef) १३ पिस, (Aristo Smith) १ बोत्तल, (Cipladine) २ पिस, (Pilex Forte) १ पिस, (Hydrogen) १ बोतल, (Pilex) १ डिब्बा, (Cadila) ४ पिस, (Nutrolin-B syrup) ५ पिस, (Zytee-RB) २ पिस, (Amlokind-AT) ३० पत्ता, (Liversipzyme -DS) २ बोत्तल, परिमाण मा रहेको छ।
मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमद लगाएत को उपस्थित मा उक्त औषधी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर को प्राङगण मा खाल्डो खनी नष्ट गरिएको छ । उक्त नष्ट गरिएको मेडिकल औषधी को मूल्य नौ हजार पर्ने सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे. क्वा. का सशस्त्र प्रहरी निरिक्षक संगित भट्ट ले जानकारी दिएका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij