बुटवल
रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। देवदह नगरपालिका ३ शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिनुभयो।
उहाका अनुसार ती पुरुषको पीसीआर रिपोर्ट हिजो मात्रै आएको थियो। पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी उनी केहीदिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए। कलेजले उनलाई घर पठाएपछि उनी देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।
स्वासप्रस्वासको समस्या देखिएपछि उनको अवस्था नाजुक बन्दै गएर निधन भएको कलेजलाई उदृत गर्दै बञ्जाडेले बताउनुभयो। उहाको निधनपछि कलेजलाई शिल गरिएको छ भने उपचारमा संलग्न भएकाहरुलाई सेल्फ आइसोलेशनमा राखिएको छ।
उनीहरुको भोलि शुक्रबार कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने र परिवारको पनि पीसीआर गर्ने उहाले बताउनुभयो। अहिले शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको छ।
मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेनासँग समन्वय भइरहेको बञ्जाडेले बताउनुभयो।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्