विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट पोजेटिभ आए पनि उनी बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् । घरमै रहेको अवस्थामा बिहीबार राति उनको मृत्यु भएको विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या थियो । ‘आइसोलेसन बेड अभाव भएका कारण लैजान पाइएको थिएन,’ उनले भने, ‘बिहीबार राति करिब ८ बजे घरमै मृत्यु भयो ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

आज बिहान ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ । आजै रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij