प्रधानमन्त्रीबाट तीजको शुभकामनाः जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध

प्रधानमन्त्रीबाट तीजको शुभकामनाः जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।

नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij