बुटवल ।
तिलोत्तमा नगरपालिकाले समुदाय स्तरमा गरेको प्रतिनिधिमुलक रेन्डम स्याम्पलिङको पिसिआर नतिजा सबैको नेगेटिभ आएको छ ।कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको छ की छैन भन्ने पत्ता लगाउन नगरपालिकाले नगर भित्रका सम्भावीत जोखिमयुक्त क्षेत्रका समुदाय स्तरबाट एक सय जनामा गरिएको प्रतिनिधिमुलक ९रेन्डम स्याम्पलिङ० को पिसिआर नतिजा सबैको नेगेटिभ आएको नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिनु भयो ।
तिलोत्तमा नगरपालिका भित्रका क्वारेन्टाइन, आइशोलेसन सेन्टर र कन्ट्रयाक्ट टे«सिङका आधारमा गरिएको ९७ जना पिसिआर परिक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको प्रेस सल्लाहकार गौतमले बताउनुभयो
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्