बुटवल ।
काठमाडौँ र धरान पछि बुटवल कोरोना विशेष अस्पतालमा आज सोमबारदेखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई उपचार गर्न प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो ।
प्लाज्मा थेरापी रोगप्रतिरोधी क्षमता विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीमा रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गराउने अभ्यास हो । यो सेवा सुरु भएपछि जटिल अवस्थाका कोरोना संक्रमित विरामीहरुलाई बचाउन सकिने विश्वास लिइएको कोरोना अस्पालतका फोकल पसर्न डा।सुर्दशन थापाले जानकारी दिनुभयो ।
डा. थापाका अनुसार रोगप्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ । यसरी विरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा विरामीमा रोग प्रतिरोधी क्षमता विकास हुने र बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता प्लाज्मा थेरापी विधिमा रहेको डा। थापाले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्