ठेकेदारको गम्भिर लापारवाहीले गर्दा एक मजदुरको मृत्यु

ठेकेदारको गम्भिर लापारवाहीले गर्दा एक मजदुरको मृत्यु

गैडहवा
रुपन्देहीको गैडहवा गाउपालिका वार्ड नं। ३ धौथनियाका ५३ बर्षिय एक मजदुरको गत सोमबार ठेकेदारको गम्भिर लापारवाहीका कारण मृत्यु भएको छ । गत भदौ १ गते बुटवलमा दैनिक जलादारीमा काम गर्दै आउनु भएका कल्लु नाउ घर बनाउने क्रममा निर्माणाधिन घरको दुईतला माथीबाट खसेर गम्भिर घाइते भएका थिए । कल्लु नाउको गत भदौ ८ गते सोमवार राती करिव १२ बजे उपचारको क्रममा भैरहवा स्थित भिम अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको भनिएता पनि समयमै उचित उपचार गर्नुको साटो ठेकेदारले घाइते अवस्थामै नाउकै घरमा छोडिदिदा उपचार ढिलो हुन गई उपचारकै क्रममा मृत्यु भएको थियो ।
दुर्घटना पश्चात मृतक कल्लुलाई बेहोस अवस्थामै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सोही अस्पतालबाटै टाउकोको सिटी स्क्यान गरेपछि टाउकोमा गम्भिर चोट लागेको र निजको उपचार त्यस अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज अफ साईन्समा रिफर गरिएको भएपनि सैनामैना वडा नं। ४ का ठेकेदार पर्दुमन मल्लाहले अस्पताल नै नलगेर २ गते उनकै घरमा लगेर छाडी दिएका थिए । मृतकको बारेमा थप जानकारीका लागि ठेकेदार मल्लाहलाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएका छैनन ।
बुटवल स्थित अमरपथमा घर बनाउदै गर्दा खसेका नाउको अवस्था गम्भिर भए पछि घरपरिवार र स्थानियहरु मिलेर भदौ ४ गते सांझ उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेका थिए । नाउलाई सघन कक्षमा राखेर उपचार गर्नु पर्ने भएपछि मेडिकल कलेजले निजको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि सोही दिन बुटवल स्थित निजी ल्याव नेश्नल प्याथ ल्यावमा ६ हजार ५० रुपैया परिक्षण शुल्क लिएर पठाएको थियो । निज नाउको अर्को दिन ५ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सोही कलेजको आइसोलेसन कक्षमा राखेर ३ दिन सम्म उपचार गरेतापनि नाउको स्वास्थ्यमा जटिलता थपिदै गएपछि मेडिकल कलेजले भिम अस्पतालमा उपचारको लागि भदौ ८ गते रिफर गरी पठाएको थियो । भिम अस्पतालको कोरोना बिशेष अस्पतालमा उपचार गर्दा गर्दै नाउको मृत्यु भएको मृतकका भाई हसन मोहम्मद नाउले जानकारी दिनु भएकोे छ ।
यदि निर्माण ब्यबसायी पर्दुमन मल्लाहले समयै थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर गरिएको अस्पतालमा लगेर उपचार गरेको भए सायद नाउको मृत्यु हुने थिएन । आफुले काम लगाएका श्रमिकलाई कार्य स्थलमै काम गर्दै गर्दा दुर्घटनामा परेपछि घाइतेको उपचार गर्ने जिम्मा लिनु पर्ने थियो । श्रमिकको मृत्यु पछि ठेकेदारले निजको घरपरिवारलाई कुनै सम्पर्क गरेका छैनन भने श्रमिकको दैनिक हाजिरी कार्ड र श्रमिक परिचय पत्र समेत ठेकेदार आफैले राखेको मृतक नाउका भतिज कवुत नाउले बताउनु भएको छ । निर्माण स्थलमा श्रमिकले काम गर्दा गर्दै दुर्घटनामा परि श्रमिक घाइते वा मृत्यु समेत हुने सम्भावनालाई मध्यनजर गर्दै श्रमिकको उपचार खर्च तथा कृया खर्चका लागि हरेक घरधनी र ठेकेदारले निर्माण सम्बद्ध श्रमिक संघको नियमानुसार बिमा गरिएको हुन्छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको भनिएपनि मृतक नाउको उपचारमा ठेकेदार पर्दुमन मल्लाहले बेवास्ता गरी गम्भिर अवस्थामै मृतककै घरमा लगेर छोडिदिएका कारण नाउको समयमै उपचार गर्न नपाउदा श्रमिक कल्लु नाउको मृत्यु भएकोले मृतकका परिवारले क्षतिपुर्तिको दावी गर्दै आएका छन । घाइते नाउलाई यदि घरमा नलिई रिफर गरिएको अस्पतालमा समयमै लगेर उवचार गरेको भए सायद मृतकका परिवारलाई कोरोना संक्रमणको सम्भावना हुने थिएन ।
अहिले गैडहवा वडा नं। ३ धौथनिया गाउ कोरोना संक्रमणको सम्भावनाले त्रसित रहेको छ भने मृतक नाउका घरमा १८ जना परिवार रहेको र ती सबैको पिसिआर परिक्षणका लागि बुधवार नै स्वाव संकलन गरी भैरहवा पठाइएको गैडहवा गाउपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij