बुटवल-नेपालमा बुधबार एकै दिन थप १ हजार १११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३३४ महिला र ७७७ पुरुष गरी थ १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार ६२९ जनाको परीक्षणमा थप ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्