रुपन्देही- नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।
आइतबार एकै दिन १४ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महोत्तरी र रुपन्देहीका २–२ जना पुरुष तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका एक–एक जना पुरुषहरू रहेका छन् ।
यस्तै सुनसरी, बारा, महोत्तरी, काठमाडौंका एक–एक महिलाको पनि कोरोनाबाट ज्यान गएको हो ।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्