बुटवल,
विपि कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीको अध्यक्षमा छायाँ पोख्रेललाइ जिम्मेबारी दिइएको छ । जननायक विपि कोइरालाको समाजबादलाइ आत्मसाथ गर्दै विपिका बिचार,नीति र अवधारणालाइ गाँउगाँउ सम्म पुरयाउने उद्येस्यले स्थापना भएको मञ्चको रुपन्देही अध्यक्षमा बुटवलका युवा छायाँ पोख्रेललाइ जिम्मेबारी दिइएको मञ्चका केन्द्रिय अध्यक्ष निलकण्ठ रिजालले बताउनु भयो ।
लोकतन्त्रमा विश्वास राख्ने,लोकतन्त्रमानै देशको समुन्नत भविष्य देख्ने युवाहरुको नेतृत्व विकासकालागि समेत मञ्चले महत्वपुर्ण काम गर्नेछ । मञ्चको रुपन्देही अध्यक्षको जिम्मेबारी पाएपछि पोख्रेललले विपिका बिचार र लोकतान्त्रिक समाजबादको सिद्धान्तलाइ सम्पुर्ण युवा माझ पुरयाउदै तरुण युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपुर्ण काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्