काठमाडौ- स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला सात सयले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा सात सयले कमी आई ९६ हजार ५०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनमा समेत प्रतितोला सात सयले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको तेजाबी सुन आज ९६ हजारमा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६५ कारोबार भएको थियो ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्