आइतबारदेखि रुपन्देहीमा बजार खुल्ने, लकडाउन २८ गतेसम्म लम्बियाे

आइतबारदेखि रुपन्देहीमा बजार खुल्ने, लकडाउन २८ गतेसम्म लम्बियाे

बुटवल-रुपन्देहीमा लामो समयदेखि जारी रहेको निषेधाज्ञा सहितको लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ २८ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बजार खुल्न पाउनेछन्।

व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी रुपन्देही प्रशासनले आदेश जारी गरेको छ।

दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन्।

व्यापार व्यवसायलाई बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ।

बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।

तर, उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन्।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ।

यस्तै विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकेको छ। तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ।

जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइनेछैन। तर मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन्।

यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन्।

 

प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij