जिम्मेवारी बिहिन

जिम्मेवारी बिहिन

जिम्मेवारी बाट पन्छिएको बाउ, उहिल्यै के के न गर्छु भनेर हराए।
उनकै पछि उनकै धोति समातेर बसेकी आमै न यता न उता छन्।
उ बेलां न हातमा फोन न चिठी लेख्ने ढंग ढाल , त्यसैले बाउ हराए आमा निरिह बनिन्
ग्यालग्यालती जन्मेका बर्सौटे , आहारा नपाइ झ्याउरि परे
घरको मुली कां गाको केही पत्तो छैन ,
छोराछोरी बाउ खोज्छन् , माउ मालिक खोज्छिन्।
जाने बेला एक शब्द यहाँ गयं भन्दियाभा त्यो जलेको मन शित्तल हुन्थ्यो कि
समय बित्यो बर्षौटे पनि तन्नेरी भए , उ बेलाकी रसीली उनी चाउरी परीन् ,
अब फेरी उनको ओभाएको घाउ कोट्टीन लागेको छ
ठूला छोराछोरी भएर के गर्नु जिम्मेवारी लिनुपर्ने बेला
उहि पारा देखाउछन्
उ बेला बाउ हराए
कतै यिनी पनी …..!!
उफ ,
समय बित्यो तर यीनको जीवन उस्तै छ ,
न छोराले सोध्छ न बताउंछ ,
मन लाग्यो गयो
मन लाग्यो आयो
छोरी पनी ठूली भयर गतिलो होली भनेको,
उ पनी हराउँछे,
कहां ग‌ए पत्तै हुदैन
उ बेलाको न फोन न चिठी भनेकी उ,
अहिले त हेलो भन्ने ढंग छ
तर जसलाई पर्खे,
उसैको लागि जीबन बित्यो ।

अहिले साधनले नै छोराछोरी हराएका छन्
एउटा कुनामा एउटा अर्को कुनामा अर्को भेटिन्छन्
आफ्नै ताल छ उनकै स्वर ठूलो।
न बोलाएर सुन्छन् ,
न त कराएर टेर्छन्
घरमा खाने रासन छैन
बरै यीनै चयनको सास खोज्छन्।
घरमा को आयो थाछैन ,ग‌एको त कुरै नगरम

जिम्मेवारी भ‌एपो घरको पीर, आफ्नो पीर न अरुको पीर ।
आफ्नो पराइ चिनोस् र पो, जिम्मेवारी न भ‌एसी यस्तै छुन्छ

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij