JanataToday.com

Advertisment

SKIP THIS

यस पटक दशैँमा खाद्य कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउँदै

यस पटक दशैँमा खाद्य कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउँदै

काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी, बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको कम्पनीले यो वर्ष तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको हो । यो दशैँमा १४ सय च्याङ्ग्रा, १६ सय खसी र बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताउनुभयो । कति सङ्ख्यामा खरिद गर्ने भन्ने यकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

संस्थानले विगतका वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो । एकीकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कम्पनीले हरेक वर्ष दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले विगतका वर्षहरुमा दाङ, तुलसीपुर, हेटौँडा र नेपालगञ्ज लगायतका ठाउँबाट खसी, बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ ।

यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गएको यही परिमाणको खसी, बोका तथा च्याङ्ग्राका लागि कम्पनीले पाँच करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij