बुटवल, । नेपाली कांग्रेस वडा समिति बुटवल वार्ड नं ११ ले महत्वपुर्ण विकास निमार्ण र योजनाहरु अघि बढाउदा आफुहरुलाई वेवास्ता गरेको बताएको छ । वडामा दिर्घकालिन अर्थ राख्ने योजना र कार्यक्रम संचालन गर्दा प्रतिपक्षीदललाई वेवास्ता गर्नु लोकतन्त्र विरोधी कार्य भएको जनाएको छ ।
विकास निमार्ण देखि हरेक कुराहरुमा सहयोग र सहकार्य गर्दै जादा पनि वेवास्ता गरिनुले हरेक गतिविधिहरुमाथी शंका पैदा गरेको कांग्रेसको ठहर रहेको छ । बुधबार बुटवलको वार्ड नं ११ का अध्यक्ष रामचन्द्र क्षत्री लाई ज्ञापन पत्र बुझाउदै कांग्रेसले तत्काल यस्ता क्रियाकलाप सुधार गर्न चेतावनी दिएको हो ।
कोरोना भइरसले नागकिरहरु आक्रान्त भएको समयमा पनि पिसआिर गर्ने देखि अन्य पुर्वाधार निमार्णमा वडा कार्यलय भागेको गुनासो कांग्रेसले गरेको छ ।
वडा अध्यक्ष चित्र वहादुर वर्माको नेतृत्वमा गएको वडा कार्यालयमा पुगेर ७ वुद्धे ज्ञापन पत्र बुझाएको वर्माले बताउनु भयो । नेपाली कांग्रेसका महासमिति सदस्य काजिमान श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र न २ को प्रदेश समितिका सहसचिव नेत्र भट्टराई,वडा अध्यक्षका प्रत्यासी सावित्रा टण्डन,जित वहादुर मल्ल, कुल वहादुर केसी,उपसभापती कृष्ण वहादुर जिसी सचिव दुर्गा वहादुर खत्री, अर्जुन वहादुर कुवंर लगायत सहभागिहरु विहान ११ बजे वडा कार्यालय पुगेका थिए ।
ज्ञापन पत्रमा वडा कार्यालयमा भैरहेको अब्यवस्तीत बस्ती तथा सार्वजनिक क्षेत्रको जग्गा नाप जांचको उदेश्य प्रष्ट नभएको तथा त्यस्ता वस्तीहरुको दर्ता गर्दा लाग्ने शुलक महंगो भएको लगायतका कुरा उल्लेख गरिएको छ । जग्गा नाप जांच गर्दा पुर्वाग्रहहरु देखिन थालेकोले प्रतिपक्षी तथा अन्य दलहरुलाई पनि साथमा लिएर अघि बढ्न आग्ह गरिएको छ । त्यसै गरि विकास निमार्णको काम लथालिङ भएको, जनता आवास कार्यक्रम लागु गर्दा त्यसको मापदण्ड स्पष्ट नपारिएको, सार्वजनिक जग्गा मनोमानी वितरण गरिएको लगायतको कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउदै वडा सभापति बर्मा विपक्षी दलसंग सहकार्य नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गर्नु भयो ।
ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष क्षत्रीले आफ्नो निकाय बाट हुने र सम्भव भएका कुरा तुरुन्त सच्याउने र अव का कार्यक्रममा विपक्षी दलसंग सहकार्य गर्ने बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, असोज ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्