पर्वतको फर्सेमा बाढीले २५ घर विस्थापित, ‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’

पर्वतको फर्सेमा बाढीले २५ घर विस्थापित, ‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’

पर्वत- निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् ।

बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका कारण एक घर पुरिएको छ ।

आसपासका २५ घर-परिवार पूर्णरुपमा विस्थापित बनेको जलजला गाउँपालिका-८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।

बाढीका कारण उक्त गाउँमा रहेका ४५ घर नै जोखिममा परेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार खोल्सामा लेदो आउन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कुनै मानवीय क्षति भएको छैन ।

‘स्थानीय खड्कबहादुर केसीको घर बाढीले पुरिएको हो’-जिसीले बताउनुभयो ।

बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुंगेपुल पनि जोखिममा परेको छ । बेनी–मालढुंगा सडकसमेत बिहानदेखि अवरुद्ध बनेको जिसीले जानकारी दिनुभयो ।

सिँचाइको कुलोसमेत भत्किएको छ ।

निरन्तर वर्षा भएकाले खोल्सा आसपासको बस्तीका बासिन्दाहरुलाई स्थानीय शिव माध्यमिक विद्यालय र आफन्तको घरमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

बस्तीमाथिको ५० रोपनीभन्दा बढी जंगल नै धाँजा फाटेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’-उहाँले भन्नुभयो ।

यता, जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो वर्षा भएकाले सम्भावित जोखिम हुन नदिन स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

वर्षा नरोकिने बेलासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको र स्थानीयबासीहरु नजिकैको विद्यालय वा आफन्तकोमा आश्रय लिएर बसेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पहिरोले मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखन्ड अझै सञ्चालनमा आउनसकेको छैन

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij