बुटवल
बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १० का ७२ वर्षिय पुरुष रहेका छन् ।
उनको बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा आज दिउसो मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
स्वास्थ्यमा समस्या भएपछि बिहिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लीनीकमा पुगेका उनमा उच्च ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि भए लगत्तै आईसीयूका लागि कोरोना बिशेष अस्पतालमा पुगे लगत्तै उनको मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।
यससँगै रुपन्देहीमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्