बुटवल– नेपाली कांग्रेस बुटवल उपमहानगर वडा समिति ११ ले आफ्नो वडाका समासेवि तथा राजनितिक अगुवाहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई खादा र माला लगाएर सम्मान गरेको हो ।
वडा अध्यक्ष चित्र वहादुर वर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय समाजसेवी तथा केहि दिन अघि नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई सम्मान गरेको हो ।
त्यसरी सम्मानीत हुनेहरुमा सो वडाका समाजसेवी जित वहादुर मल्ल, राजेश वुढाथोकी, गोपाल केसी, तुलक वहादुर थापा, दिलिप वहादुर बुढा, मान वहादुर थापा, पूैम वहादुर श्रेष्ठ, श्याम वहादुर सुनार, हेमा थामी, तुल्सा सोमै, शान्ति सिंह, सावित्रा पाण्डे लगायत रहनु भएको छ ।
सो अवसरमा वोल्ने कांग्रेसका नेताहरुले अगामी दिनमा वडाको विका निमार्णका लागि एकतावद्ध भएर अघि बढ्ने बताए । उनिहरुले जनताको न्याय र विकासका लागि कांग्रेसले हरेक स्थानमा भुमिका खेल्ने उनिहरुको भनाई रहेको छ ।
सो अवसरमा नेपाली कांग्रेस महासमिती सदस्य एवं कांग्रेस नेता काजीमान श्रेष्ठ, क्षेत्रिय सहसचिव नेत्र भट्टराई, क्षेत्रिय प्रतिनिधि सावित्रा टण्डन, क्षेत्रिय प्रतिनिधी हरिषचन्द्र गौतम, रिता केसी, कुल वहादुर केसी, वडा उपसभिापती कृष्ण जिसी, सचिव दुर्गा वहादुर खत्री, नगर सदस्य राजु गुरुङ, देविनगर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन वहादुर कुवंर, सुवाश रायमाझी लगायतले बोलेका थिए । सम्मानतिहरुले नेपाली कांग्रेसमा अझै पनि जनताको पुर्ण विश्वास र भरोसा रहेको भन्दै संगठन निमार्णमा जुट्न आग्रह गर्का थिए ।
प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्