विश्व हात धुने दिवस आजदेखि बिभिन्न जनचेतनामूलक कार्यक्रम सहित मनाउन सुरु

विश्व हात धुने दिवस आजदेखि बिभिन्न जनचेतनामूलक कार्यक्रम सहित मनाउन सुरु

बुटवल ।
विश्व हात धुने दिवस आजदेखि बिभिन्न जनचेतनामूलक कार्यक्रम सहित मनाउन सुरु भएको छ ।

नेपाल खुला दिसामुक्त घोषणा भएको एक बर्ष पूरा भएको तथा कोभिड–१९ को महामारी बढिरहेको सन्दर्भमा सबैले साबुन पानीले हात धुने राष्ट्रिय अभियान सुरु भएको हो ।

अभियानको अवसरमा प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा मंगलबार पत्रकारहरु भेटघाट कार्यक्रमको आयोजना गरी आम नागरिकमा हात धुने बानीको विकास गराउने खालका सन्देश प्रवाह गर्न आग्रह गरेको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले आम जनतामा साबुन पानीले हात धुने बानीको विकास गराउनुपर्ने बताउदै सोही अनुसार समाचार सम्प्रेषण गर्न पत्रकारहरुसँग आग्रह गरे ।

बर्तमान अवस्थामा हात धुने दिवसको सान्दर्भिकता थप बढेर गएको भन्दै मन्त्री चौधरीले कोभिड–१९ लगायतका संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई महाशाखा प्रमुख धु्रव धिताल,युनिसेफ प्रदेश ५ कार्यालयका खानेपानी तथा सरसफाई अधिकृत राकेश मल्लीक,युनिसेफ फिल्ड अफिस भैरहवाकी ऋद्धी शर्मा लगायतले नेपाल र प्रदेश ५ मा खानेपानी तथा सरसफाईको अवस्था र हात धुने दिवसको सान्दर्भिकताको बिषयमा आ आफ्नो भनाई राखेका थिए ।

साबुन पानीले मिचिमिचि हात धुदा श्वासप्रश्वासजन्य संक्रमणमा २३.५,निमोनिया संक्रमणमा ५०.५ र झाडापखालामा ४८.५ प्रतिसत सम्मले कमि आउने एक अध्ययनले देखाएको छ ।

नियमित रुपले साबुन पानीले हात धुने गर्नाले साबुनले कोरोना भाइरसको बाहिरी भाग नष्ट गरी निष्क्रिय बनाई कोरोना संक्रमणमा ३६.५ प्रतिसतले कमि आउने अध्ययनले देखाएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij