प्राकृतिक विपद्का घटनाप्रति तिलोत्तमा कांग्रेसको दुःख व्यक्त

प्राकृतिक विपद्का घटनाप्रति तिलोत्तमा कांग्रेसको दुःख व्यक्त

तिलोत्तमा्
नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले देशव्यापी रुपमा आएको अविरल वर्षाको कारणले तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा गएको बाढि र डुवान तथा प्राकृतिक विपद्का घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
नेपाली कांग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डेले आज प्रेस विज्ञप्ति मार्फत यस परिस्थितिमा गम्भीर, संवेदनशील, नागरिकप्रति उत्तरदायी र जिम्मेवार बन्न नगर, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
नेपाली कांग्रेसको जिल्ला, क्षेत्र र नगरको संयुक्त अनुगमनका क्रममा तिलोत्तमाका विभिन्न स्थानमा बाढी,डुवान तथा अन्य प्राकृतिक विपद्को कारण कैयौँ घरपरिवारहरु प्रभावित भएको र किसानहरुको पशु,चौपाया, खेतमा पाक्न लागिसकेको धानवाली र तरकारी वाली नष्ट भएको देखिएको छ ।
तीनै तहका सरकारहरुले अधिक भन्दा अधिक स्रोत साधनको प्रभावकारी ढंगले परिचालन गरि पिडित परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित परिवारहरुलाई राहत तथा सुरक्षित बासस्थानको व्यवस्थाका साथै जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाली कांग्रेस तिलोत्तमाले विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ।
प्राकृतिक विपद्का कारण घाइते हुनुभएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित घर९परिवारप्रति नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले सहानुभूति प्रकट गरेको छ ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij