बुटवल
जेष्ठ नागरिक दिवस को अबसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले जेष्ठ नागरिक सम्मान तथा अस्पताल मा विरामि हरुलाई फलफुल र दुध वितरण गरेर सम्मान गरेको छ ।
१ अक्टोवर र १५ असोजको दिन आज शान्ति समाज रुपन्देहि शाखा ले बुटवल मैना बगर अबस्थित सिद्ध बाबा दुर्गा भवानि सिब कुमारि सैजु मा रहनु भयका जेष्ठ नागरिक हरु लाई सम्मान स्वरुप न्यानो कपडा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
केन्द्रिय निति अनुसार जेष्ठ नागरिक सम्मान स्वारुप बर्को मोजा टोपि लगाएत एक सेट न्यानो कपडाले सम्मान गरिएको हो ।
यसै अबसरमा बुटवलमा रहेको साझा अस्पताल मा रहनु भयका बिरामि हरुलाई पनि दुध तथा फलफुल बितरण गरि कार्यक्रम सम्पन्न भएको छ ।
यसै अबसरमा मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंज्ञानि , केन्दिय सदस्य मिना ढकाल,मानव अधिकार शान्ति शमाज रुपन्देहीका सदस्य जमुना पौडेल लगाएतले शुभकामना दिनु भएको थियो ।
मानब अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डि पि खनालको सभापतित्वमा भएको कार्यक्रको स्वागत सदस्य कृष्ण पाण्डेले गर्नु भएको थियो भने कमला पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्