कञ्चन गाउपालिकामा आज देखि स्वास्थ्य बीमा शुरु,१ लाख सम्मको स्वास्थ्य सेवा पाइने

कञ्चन गाउपालिकामा आज देखि स्वास्थ्य बीमा शुरु,१ लाख सम्मको स्वास्थ्य सेवा पाइने

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा बिहिवार देखि स्वास्थ्य बीमा शुरु भएको छ। कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले जेष्ठ नागरिक चक्र बहादुर थापालाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरि स्वास्थ्य बीमा शुरु गर्नु भएको हो ।
वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले स्वास्थ्यले विमा कञ्चनवासी जनताको स्वास्थ्य सुरक्षाको केही हद सम्म भएपनि सुनिश्चित गर्ने भएकोले वडा नं. ४ का हरेकले स्वास्थ्य बीमा गर्नु अनिवार्य रहेको बताउनु भएको छ। स्वास्थ्य बीमा गरिसकेपछि नेपाल सरकारले टोकेको सरकारी तथा निजी अस्पतालहरुमा १ लाख रुपैया सम्मको निशुल्क स्वास्थ्य उपचारको सुविधा पाउने संघिय सरकारको नीति भएको हुदा घर घरमा आउने स्वास्थ्य बीमा अभिकर्ताहरु मार्फत स्वास्थ्य बीमा गर्नु पर्ने वडा अध्यक्ष क्षेत्रीले सुझाव दिनु भएको छ ।स्वास्थ्य भन्दा ठूलो अरु केही हुन नसक्ने र स्वस्थ ब्यक्तिले मात्र समाजको असल नेतृत्व दिन सक्ने भएको बताउदै वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्धेश्यका साथ नेपाल सरकाकरद्वारा संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम आफ्नो वडाबाट शुरु गरिएको बताउनु भएको छ ।
यसैगरी रुद्रपुर स्वास्थ्यचौकीका इन्चार्ज बिमला पाण्डेले नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले नेपालको संबिधान २०७२ को धारा ३५मा आधारभुत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको र सोही हकलाई कार्यान्वयन गर्न संबिधानको धारा ५१ (ज) (१५)मा राज्यको नीति अन्र्तगत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै नेपाली नागरिकको स्वास्थ्य उपचारमा पहुँचको ब्यबस्था मिलाउन स्वास्थ्य बीमा अभिकर्ता मार्फत स्वास्थ्य बीमा कार्यक्रम घरघरमा आएको बताउनु भएको छ । स्वास्थ्य बीमा गर्दा स्वास्थ्य बीमा कार्यक्रमले घरका ५ जना सम्मको परिवारलाई आवस्यक पर्दा बार्षिक १ लाख रुपैया सम्मको स्वास्थ्य सेवा अन्तर्गत निदानात्मक र परीक्षण सेवाहरु उपलब्ध हुने बताउदै इन्चार्ज पाण्डेले प्रत्येक जेष्ठ नागरिकले १ लाख सम्मको औषधी उपचार सुविधा समेत पाउने बताउनु भएको छ ।
एक घरको ५ जना सम्मको परिवारले बार्षिक ३ हजार ५ सय रुपैयामा स्वास्थ्य बीमा गर्न पाइएने र ५ जना भन्दा बढी भएमा ५ जना बाहेक प्रति ब्यक्ति ७ सय रुपैया थप रकम लाग्ने कञ्चन गाउपालिका वडा नं. ४ का लागि स्वास्थ्य बीमाकर्ता निलमाया थापाले बताउनु भएको छ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij