काठमाडौं
कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ। स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड(१९ का लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागेको बताए। औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको उनले जानकारी दिए। उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभाग को स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ। औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागेको उनको भनाइ छ। जसमा जेठी मधु ९एस्टी मधु० र तीन कटु ९पिप्ला, मरिच र सुठो०को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताए। खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उनले स्पष्ट पारे। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आयुर्वेद अस्पतालले कोरोनाका विरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडीबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ। यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो मुलुक हुनेछ ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्