बुटवललाई पर्यटकीय राजधानी बनाउँछाैँ:मुख्यमन्त्री पोखरेल

बुटवललाई पर्यटकीय राजधानी बनाउँछाैँ:मुख्यमन्त्री पोखरेल

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानी सर्यो भनेर चिन्ता नमान्न बुटवलबासीहरुलाई आग्रह गरेका छन् । आज (मंगलबार) को प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेशसभा बैठकमा उनले भने, ‘प्रदेशको स्थायी केन्द्र नयाँ ठाउँमा तोकियो भन्दैमा चिन्ता लिनु पर्दैन । लुम्बिनीका सम्पदा क्षेत्रलाई विकास गर्ने र यस क्षेत्रका हिल स्टेसनको रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौं । पर्यटकीय राजधानी विकास गर्ने निर्णय गरेका छौँ ।’

मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै राजधानी दाङको भालुवाङ नै उत्तम रहेको दाबी गरे ।

बुटवल पर्यटकिय गन्तव्य

बैठकमा मुख्यमन्त्री पाेखरेलले प्रदेशमा नेपालकै ठुलाे चिडियाखाना, जिरसिंह रंगशाला बुटवलमा बनाउने प्रक्रिया अगाडी बढाइएकाे पनि जानकारी दिए । यस्तै नुवाकोटलाई केवलकारले जोड्ने तयारी गरिएकाे उनले याेजना सुनाए ।

‘लुम्बिनीका सम्पदा क्षेत्रलाई विकास गर्ने र यस क्षेत्रका हिल स्टेसनको रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौँ । पर्यटकीय राजधानी विकास गर्ने निर्णय गरेका छौँ । लुम्बिनी क्षेत्रकाे विकास जति गर्न सक्छाैँ, त्यति नै यस क्षेत्रकाे विकासले गति लिन्छ’, प्रदेश सभामा उनले भने ।

यस्तै उनले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेकाे, भैरहवा बुटवल करिडाेरकाे दीर्घकालिन परियाेजनाकाे डीपीआरको काम अन्तिम चरणमा पुर्‍याएकाे,  बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउन गुरुयोजना बनाइ डीपीआर तयार हुँदै गरेकाे पनि उनले बताए ।

प्रदेश ५ को बिहान बसेकाे मन्त्रिपरिषद् बैठकले रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने र बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरिसकेकाे छ । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला समेटेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हाे ।

प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलले अहिले राजधानी सार्ने काम नभएको भन्दै राजधानी बनाउने कुरा भएको स्पष्ट पारे । उनले देउखुरीले प्रदेशको सभ्यताले जोडेको दाबी समेत गरे ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij