सन् २०२० को अन्तिमसम्म खोप तयार हुनसक्छ : डब्ल्यूएचओ

सन् २०२० को अन्तिमसम्म खोप तयार हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरसविरुद्धको खोप सन् २०२०को अन्तिमसम्म तयार हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आशा व्यक्त गरेको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रिएससले यसैवर्षको अन्तिमसम्ममा कोरोनाको खोप उपलब्ध हुनसक्ने सम्भावना भएको आशा व्यक्त गरेका हुन् ।

‘कोरोनाको खोप चाहिन्छ’, गिब्रिएससले भने, ‘यसैवर्षको अन्तिमसम्ममा खोप हामीमाझ उपलब्ध हुने विश्वास छ ।’

गेब्रेयेससले खोप उपलब्ध भएसँगै खोपको बराबरी वितरण सुनिश्चित गर्न सबै नेताहरूबाट एकता र राजनीतिक प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।

कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ ।

नौ खोप उम्मेद्वारहरू परीक्षणको विभिन्न चरणमा पुगेका छन् भने कोभ्याक्स कार्यक्रमअन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको छ ।

कोभ्याक्स कार्यक्रममा विश्वमा एक सय ७२ देशहरू जोडिएका छन् । अभियानमा अमेरिका, चीन र रुसले भने सहभागिता जनाएका छैनन् ।

प्रकाशित मिति : बुधबार, असोज २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij