विश्वमा संक्रमितको संख्या ३ करोड ६७ लाख नाघ्यो

विश्वमा संक्रमितको संख्या ३ करोड ६७ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९०को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ६७ लाख नाघेको छ भने १० लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ६७ लाख ५१ जार ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ६६ हजार ८५६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ७६ लाख ६४ हजार ६५५ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १७ हजार ७३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८ लाख ३३ हजार ७६३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६ हजार ६५२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९५७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५२१ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९६७ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ७० हजार ८२४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ३ हजार ८१२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख २९ हजार ५३९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७३० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ३४ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij