काठमाडौं – विगत २७ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न आग्रह गरेको छ ।
विज्ञप्ति शिक्षा मन्त्रालयको लेट्टरप्याडमा प्रकाशन गरिएको छ । जसमा कोरोना भाइरसले आक्रान्त पारेको बेला अनशन अन्त्य गर्न वार्ता टोलीका संयोजक तथा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आग्रह गरेका छन् ।
विज्ञप्ति प्रकाशन हुनुपूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री केपी शर्मा अोलीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ–‘कोरोनाको विषम् परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्त समिति विनम्रपूर्वक अनुरोध गर्दछ,’
गत बिहीबार दुई पक्षीय टोलीले बनाएको मस्यौदामाथि शुक्रबार (हिजो) सल्लाह हुने भनिए पनि कुनै सरकारी पहल नभएको केसी पक्षीय वार्ता टोलीको जिकिर छ । त्यसपछि रिसिएको डा. केसीको तर्फबाट वार्ता गर्न गठित टोलीले यसभन्दा अगाडि नै विज्ञप्तिमार्फत् नै देशभर दबाबमूलक कार्यक्रम जारी राख्न अनुरोध गरिसकेको छ ।
केसीले विभिन्न ६ बुँदे माग राखेर गत २९ भदौबाट जुम्लाबाट अनशन शुरु गरेका थिए । डा. केसीको यो १९ औं अनशन हो ।
प्रकाशित मिति : शनिबार, असोज २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्