२४ असोज,रुपन्देही
रुपन्देहीको कञ्चन र शुद्धोदन गाउपालिकामा साथी सञ्जालको अगुवाइमा बालिका बलत्कारका बिरुद्ध मैन बत्ती बालेर शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका छन । एक्लै भेटिएकी केटी तिम्रो शिकार होइन,जिम्मेवारी हो,जो बोल्दैन उ बलत्कारी,जो सन्दैन उ बलत्कारी,तिमी बलत्कारी जस्ता सचेतनामुलक सन्देश सहितको प्ले कार्ड लिएर रुद्रपुर साथी सञ्जालको अगुवाईमा ११ वटा ग्रेजुएटका किशोरीहरुले कञ्चनको मुख्य बजार थकालीचौक,शुद्धोदनको बकुली,मानपकडी,फर्साटिकर र हिरापुरमा मैन बत्ती बालेर शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका हुन ।
कञ्चनमा रुद्रपुर साथी सञ्जालका अध्यक्ष टीका थापाको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा किशोर किशोरीहरुले कालो झण्डा सहित मैनबत्ती बालेर बालिका बलत्कारको अन्त्य गर,माहिला तथा यौन हिंसा बन्द गर,बलत्कारीलाई फासि दे जस्ता प्ले कार्ड प्रदर्शन गर्दै शान्तीपुर्ण बिरोध गरेका थिए भने शुद्धोदन गाउपालिकामा मान मटेरिया साथी सञ्जाल,शुद्धोदन साथी सञ्जाल र स्काई कलवको अगुवाईमा शुद्धोदन गाउपालिका वडा नं। ६ को बकुली,वडा नं। ५ को मानपकडी, वडा नं। ४ को फर्साटिकर र वडा नं। २ को हिरापुरमा बालिका बलत्कार र हत्याको अन्त्य नभएको,दिनहु बलत्कार बढिरहेको र सुरक्षा प्रशासनले बलत्कारीहरुको अनुसन्धानलाई कडाइ नगरेको भन्दै कालो पोषाकमा मैन बत्ती बालेर बिरोध प्रदर्शन गरेको सृजना चौधरीले जानकारी दिएका छन।
यस्तै गजेडी सञ्जालले कञ्चनको बेलभरिया र लुम्बिनी साथी सञ्जालले लुम्बिनी महिलावारचोकमा समेत शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका थिए।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्