दाङका तीन सरकारी कार्यालय बन्द

दाङका तीन सरकारी कार्यालय बन्द

दाङ
दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् ।कोरोना सङक्रमण बढ्दै गएकाले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द भएका हुन् । त्यस्तै नापी तथा मालपोत कार्यालय पर्सी बुधबारसम्मका लागि बन्द गरिएको छ । देउखुरीमा रहेको जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द भएको हो ।
अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको छ । दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय पनि असोज ३० गतेसम्मका लागि बन्द भएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । नापी तथा मालपोत कार्यालय असोज २२ देखि २८ गतेसम्मका लागि बन्द गरिएको छ ।

प्रकाशित मिति : सोमबार, असोज २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij