काठमाडौ । नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहमतिको स्वागत गर्दै स्वदेश र विदेशबाट विभिन्न माध्यम र विभिन्न ढंगबाट केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउनेहरुलाई बधाइ पनि दिएको छ केसीका मागप्रति सरकारको रवैया शुरुदेखि नै पूर्वाग्रही रहेको टिप्पणी कांग्रेसको छ । जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुर्व्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म गरेको सरकार चौतर्फी दबाबपछि वार्ता समितिमार्फत् सहमतिमा पुगेको कांग्रेसले उल्लेख गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकाली भन्नुभएको छ, ‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर, विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपिल गर्दछौं ।’
सहमति कार्यान्वयनमा इमान्दार बन्न सचेत गराउँदै कांग्रेसले भनेको छ, ‘थप द्वन्द्व सिर्जना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।’
वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा २०७५ साउन १० गते डा। केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको पनि कांग्रेसले स्मरण गराएको छ ।
शर्माले भन्नुभएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा। केसीका मागहरू पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा.केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो ।’
प्रकाशित मिति : सोमबार, असोज २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्